arrow

कांग्रेसले भन्यो - संसद विघटन असंवैधानिक [भिडियो]

जेन-जीमाथि भएको दमन र विध्वंसको छानविनका लागि आयोग गठन गर्न माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
min-bk-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनका लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । 

पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

कांग्रेसले भाद्र २४ गतेको प्रदर्शनले सिहंदरबार लोकतन्त्रका आधार स्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुका निजी घर एवं डेरा र नेपालको उन्नतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भत्र्सना गरेको छ । 

घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनका लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो । 

कांग्रेसले संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णयसमेत गरेको छ । साथै केन्द्रीय समिति बैठक दशैँ अघि नै बोलाउने निर्णयसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ