विशेष महाधिवेशनमार्फत संगठनात्मक पुनर्गठन गर्न कांग्रेस भिमेश्वर नगरको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
1.1k
Shares
तस्बिर – फाइल ।
दोलखा । नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमितिले पार्टीमा विशेष महाधिवेशनमार्फत संगठनात्मक पुनर्गठन गर्न आग्रह गरेको छ ।
देशको परिस्थितिअनुसार पार्टीलाई पनि लोकतान्त्रिक मूल्य र जनताको आकांक्षासँग सुसंगतबनाउँदै विशेष महाधिवेशनमार्फत संगठनात्मक पुनर्गठन गरी जनतामा विश्वास कायम राख्न पार्टी नेतृत्वलाई नगर कार्यसमितिले आग्रह गरेको हो ।