arrow

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, असोज २६ मा बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
genZ-congress-party-office-collaapsed.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बैठक बोलाउनुभएको जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यका उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

जेनजी आन्दोलनपश्चात् पार्टीको महाधिवेशनबाट नेतृत्व परिवर्तन र फागुन ११ का लागि घोषित निर्वाचनको बहस पार्टीभित्र पेचिलो भन्दै गएको छ ।

यही बहसकाबीच बोलाइएको केन्द्रीय समिति बैठकलाई निकै महत्वका साथ हेरिएको छ । 

जेनजी आन्दोलनमा घाइते भई अस्पतालमा उपचाररत पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजू राणा देउवा अझै पनि सार्वजनिक भएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ