गोरखा । वडादशैँको महाअष्टमीका दिन आज बिहानैदेखि धार्मिक तथा ऐतिहासिक गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो लागेको छ । गोरखकाली मन्दिरमा महाअष्टमीको अवसरमा सरकारी बलि २ बजेपछि र त्यसपछि सर्वसाधारणले बोका, राँगा र भेडा लगायतको बलि दिन खुला गरिएको हो ।
जिल्लाकै महत्वपूर्ण शक्तिपीठको रुपमा गोरखकाली मन्दिरलाई लिइने गरिन्छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङ लगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् ।
मनोकांक्षा पूरा हुने जनविश्वासका साथ मन्दिरमा पूजाआजासहित बलि चढाउने प्रचलन रहेको छ ।