arrow

ओलीसहित अघिल्लो सरकारका पाँच पदाधिकारीको राहदानी रोक्का गरेकोमा कांग्रेसको विरोध

अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । नेपाली कांग्रेसले अन्तरिम सरकारले अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरेकोमा कडा विरोध जनाएको छ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न ध्यानाकर्षण गराएका छन्।

गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगले ती पदाधिकारीहरूको राहदानी रोक्का गर्ने र अनुमति नलिइ काठमाडौँ उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरेको थियो। कांग्रेसले सरकारको सोही कदमको विरोध गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ