काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार सात सय ११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८दशमलव३ प्रतिशत कम हो ।
अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार तीन सय दुई पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार छ सय ८० पर्यटक नेपाल भित्रिएका थिए ।
बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार पाँच सय ५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार दुई सय ३७, अमेरिकाबाट नौ हजार छ सय ७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार दुई सय ३० पर्यटक भित्रिएका छन् ।