arrow

धनकुटा कांग्रेसको पहलमा स्वर्गीय पत्रकारका छोरालाई छात्रवृत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
dhankuta-congress-82-6-26.jpg

धनकुटा ।  नेपाली कांग्रेस धनकुटाको पहलमा नेपाल प्रेस युनियनका तत्कालीन कोषाध्यक्ष स्वर्गीय पूर्णकुमार चौधरीका छोरा आदित्यविक्रम चौधरीलाई विद्यार्थी परियोजनाद्धारा छात्रवृत्ति प्रदान गरिएको छ ।

नेपाल प्रेय युनियन धनकुटा शाखाको अनुरोधमा कांग्रेस धनकुटाको पहलमा कांग्रेस धनकुटामा महासमिति सदस्य उदयबहादुर लिम्बूको सक्रियतामा विद्यार्थी परियोजनाद्धारा नेपाल प्रेस युनियन धनकुटाका तत्कालीन कोषाध्यक्ष स्वर्गीय पूर्णकुमार चौधरीको  छोरा आदित्यलाई नेपाल पत्रकार महासंघ धनकुटाको संचारहलमा एक कार्यक्रमबीच दोस्रो वर्षको छात्रवृत्ति रकम प्रदान गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजयसन्तोषी राईले बताए । 

धनकुटा ६ स्थित बालसंसार बोर्डिङ स्कूल धनकुटामा कक्षा ७ मा अध्ययनरत छात्र आदित्यलाई कांग्रेस धनकुटाका महासमिति सदस्य तथा नेपाल तोकतान्त्रिक अपांग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लिम्बू, नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका निर्वतमान केन्द्रीय उपाध्यक्ष राई, नेपाल लोकतान्त्रिक अपांग महासंघ धनकुटाका अध्यक्ष प्रेम तुम्बाहाङ्फेले विद्यार्थी परियोजनाका तर्फबाट दोस्रो वर्षको पहिलो किस्ता रु १० हजार रुपैयाँ प्रदान गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटामा अध्यक्ष विदुर खवास, एकोरापका केन्द्रीय उपाध्यक्ष गोपाल बराईली, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष बिनोद घिमिरे, उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेल, प्रेस चौचारी नेपाल धनकुटाका सचिव सन्तोष सुवेदी लगायतका पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ