arrow

सुनको सुगन्ध

कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर

आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बिगो, तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
rishna-bdr-mahara-27-06.jpg

काठमाडौँ । पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सोमबार उनीविरुद्ध भन्सार छलेको र संगठित अपराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । 

महरासँग आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ । 

२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ। 
उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो। 

यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। तर तत्कालीन गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले महरा बिमार भएको भन्दै कानूनको पनि मन हुने भन्दै हाजिरी जमानीमा रिहा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ