arrow

प्रतिनिधि सभा विघटनबारे छलफल गर्न दलहरूलाई बोलाए सभामुख घिमिरेले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
devraj-sabamukh-pratinidhishaba.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुख घिमिरेले आज (बुधबार) बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नका लागि छलफल आयोजना गरेका हुन्।

छलफलमा सहभागी हुन आउने दलका प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक धारणा लिएर आउन भनिएको छ।

दलहरूसँगको धारणा लिएपछि सभामुखले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका पदाधिकारीसँग पनि छलफल गर्ने तयारी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ