arrow

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
karki-swasta-mantralaya.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिव डा. विकास देवकोटालाई निर्देशन दिएकी छिन्।

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव देवकोटालाई बोलाएर आन्दोलनको विषय बुझी तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिको जानकारी गराउन निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएको बताउँदै समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने चिन्ता व्यक्त गरिन्।

कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ