arrow

भालुको आक्रमणबाट टेकबहादुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
bear-.jpg

काठमाडौँ । दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । 

बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार तामाङ घरबाट करिब दुई सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो । 

आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ