arrow

'पुटिन हमासभन्दा धेरै बलिया': ट्रम्पलाई थप दबाब दिन जेलेन्स्कीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
trump-volo.jpg

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छिमेकी राष्ट्र रूस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्नका लागि थप दबाब दिन आग्रह गरेका छन्।

जेलेन्स्कीले पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै भने, "हमास र पुटिनमा केही समानता छन् तर हमासभन्दा उनी निकै बढी बलियो छन्। यो अझ ठूलो युद्ध हो र उनी विश्वको 'दोस्रो शक्तिशाली' सेना (नेता) हुन्। यसैले बढी दबाब आवश्यक पर्छ।"

वाशिङ्गटनको यात्राबाट फर्केपछि अन्तर्वार्ता प्रसारित भएको थियो। जेलेन्स्कीले अमेरिकाबाट लामो दूरीको टोमाहक मिसाइल आपूर्ति गर्नका लागि हप्तौँसम्म आग्रह गरेपछि ह्वाइट हाउसमा ट्रम्पसँग भेटेका थिए, यद्यपि अलास्कामा भएको शिखर सम्मेलनले यस विषयमा सफलता हासिल गर्न सकेन।

यसैबीच, युक्रेनी नेताले बुडापेस्टमा ट्रम्प र पुटिनबीच हुने भनिएको वार्तामा आफूलाई पनि समावेश गर्नुपर्ने बताएका छन्। जेलेन्स्कीले भने, "यदि हामी वास्तवमै न्यायपूर्ण र दिगो शान्ति चाहन्छौं भने हामीलाई यो त्रासदीका दुवै पक्ष चाहिन्छ। पुटिन बिस्तारवादी हुन्। युक्रेन पीडित छ र लडिरहेको छ। तर, निस्सन्देहः हामी बिना कसरी केही सम्झौताहरू हुन सक्छन्?"

जेलेन्स्कीको आइतबार प्रसारित एक अन्तर्वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उनी युक्रेनमा हतियार पठाउन तयार नभएको फेरि सङ्केत गरे। फक्सको 'सन्डे मर्निङ फ्युचर्स' कार्यक्रममा बोल्दै ट्रम्पले भने, "हामीले एउटा कुरा सम्झनु पर्छ। हामीलाई पनि उनीहरूको (हतियारको) आवश्यकता छ। तपाईंलाई थाहा छ, हामी हाम्रा सबै हतियारहरू युक्रेनलाई दिन सक्दैनौँ।"

मस्कोले हालैका हप्ताहरूमा युक्रेनी नागरिक पूर्वाधारमा आक्रमण बढाएको छ, जसले गर्दा हजारौं नागरिक चिसो ऋतुमा अध्यारोमा बस्न बाध्य भएका छन् र बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति चिन्ता बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ