काठमाडौँ । नेपालीहरुको दोश्रो महान् पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ ।
घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका मनमोहक देखिएको छ ।
तिहारलाई विशेष गरी उज्यालो पर्वको रुपमा समेत लिने गरिन्छ, उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ ।
ड्रोनबाट लिइएको यो तस्बिरले काठमाडौँको तिहार विशेष देखिन्छ ।