arrow

काठमाडौँबाट चन्द्रपुर जाँदै गरेको यात्रुबाहक बसमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
bus-aaglagi.jpg

काठमाडौँ । रौतहटमा बुधबार बिहान गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४, पश्चिम लच्का नजिक बिहान करिब ७ः१५ बजे बागमती प्रदेश-२-०३-००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट तिहार मनाउन यात्रु लिएर चन्द्रपुरतर्फ आइरहेको बसको ब्याट्रीको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा प्रहरी टोली, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको कार्कीले बताए ।

आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । यद्यपि यात्रुहरूले भागेर ज्यान जोगाएका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ