arrow

यसकारण खेलिन्छ देउसी भैलो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
deusi-bhailo-82-7-5aa (15).jpg

काठमाडौँ । नेपालीहरूको दोश्रो महान् चाड तिहारका अवसरमा देउसी भैलो खेलिएको छ । यम पञ्चक पनि भनिने तिहारको पाँच दिन विभिन्न जनावरलाई पुज्नेसमेत गरिन्छ।  

सो क्रममा काठमाडौँ उपत्यकालगायत देशदेखि विदेशसम्म देउसी भैलो गुन्जिरहेको छ । यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ । 

परम्परागत देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाच गान प्रस्तुत गरी देउसी भैलो खेल्दै आएको समाजका अध्यक्ष खिम बहादुर थापा मगरले जानकारी दिए ।
   
गाउँघरमा जस्तो नभए पनि तिहारमा विभिन्न आफन्त र व्यक्तिहरूको घरघरमा गएर देउसी खेल्दै आएको र पछिल्लो समय आफ्नो परम्परा, संस्कृति लोप हुँदै गएकोमा नयाँ पुस्तालाई पनि देउसी भैलो लगायतका हाम्रो संस्कृति बारेमा जानकारी दिने उद्देश्यले पनि हरेक वर्ष मगर भेजा समाजले यस्तो कार्यक्रम आयोजना गरेको मगरले बताए । 

देउसी भैलो किन खेलिने गरिन्छ भन्ने प्रसंगमा विभिन्न पौराणिक कथनहरु रहेको छ ।  विशेष गरी यसमा बलिराजाको कथन जोडिएर आउने गर्दछ । 

पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नै शिर दिएका थिए । 

त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी भैलो खेल्ने परम्परा चलाए भने गरिन्छ ।
 

deusi-bhailo-82-7-5aa (13).jpg
deusi-bhailo-82-7-5aa (14).jpg
deusi-bhailo-82-7-5aa (15).jpg
deusi-bhailo-82-7-5aa (16).jpg
deusi-bhailo-82-7-5aa (1).jpg
deusi-bhailo-82-7-5aa (2).jpg
deusi-bhailo-82-7-5aa (3).jpg
deusi-bhailo-82-7-5aa (4).jpg
deusi-bhailo-82-7-5aa (5).jpg
deusi-bhailo-82-7-5aa (6).jpg
deusi-bhailo-82-7-5aa (7).jpg
deusi-bhailo-82-7-5aa (8).jpg
deusi-bhailo-82-7-5aa (9).jpg
deusi-bhailo-82-7-5aa (10).jpg
deusi-bhailo-82-7-5aa (11).jpg
deusi-bhailo-82-7-5aa (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ