arrow

चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
aaglagi-rautahat.jpg

रौतहट । रौतहटको चन्द्रपुरस्थित एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका-४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । 

उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयले देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएका थिए ।

स्थानीयका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भए पनि के कारणले लागेको थाहा नभएको बताएका छन् । 

आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदार मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

अहिले घटनास्थलमा चन्द्रपुर नगरपालिकाको दमकलसहितको टोली घटनास्थालमा पुगेको छ ।

आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र यसबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । 

आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले जानकारी दिएको छ । आगोलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ