arrow

जुनसुकै कार्यक्रममा अतिथिका रूपमा नबोलाउन मन्त्री पुनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
mahabir-pun-82-6-6pp.jpg
फाइल तस्बिर

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रवधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रममा नबोलाउन सबैमा सूचना जारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै पनि त्यस्ता कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् । 

उनले लेखेका छन्, ‘कृपया कसैले पनि र कहीँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन–शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा नगर्नुहोला’

उनले आफू विदेशमा भएका कार्यक्रममा समेत सहभागी नभएको भन्दै जानै पर्ने र नगइ नहुने कार्यक्रममा मात्र सहभागी हुने बताएका छन् । 

उनले सूचना नै जारी गरेर लेखेका छन्, ‘म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत गइन र जाँदिन ।’

उनले अगाडि लेखेका छन्, ‘जानै पर्ने र नगइ नहुने मिटिङहरुमा मात्र केही मन्त्रीज्यूहरु विदेश जानु भएको हो । विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ