arrow

घुस लिएको अवस्थामा पक्राउ परेका वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
special-court-12-22.jpg
फाइल तस्बिर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
        
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । 
    
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने, “कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नं १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएका थिए ।”
    
कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना सजाय हुने माग दाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ