arrow

कांग्रेस महाधिवेशन तालिका विवाद

कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो, महाधिवेशन तालिकामा जुट्न सकेन सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
congress-meeting--82-6-23q.jpg

काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउनका लागि शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको छ। महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा पार्टीभित्र चर्किरहेको विवाद समाधान गर्न बैठकमा सहमति जुट्न सकेन।

बैठक सकिएपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक टुङ्गिएको बताए। उनले केन्द्रीय कार्यसमितिमा चलिरहेको छलफललाई सर्वसम्मत निर्णयमा पुर्‍याउनका लागि पदाधिकारीहरूबीचको मतान्तर सहमतिको धेरै नजिक पुगेको अनुभूति गरेको बताए।

प्रवक्ता महतले भने, "१५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचनअगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचनपछि गर्दा राम्रो हुन्छ? भन्ने विषयमा नै मतान्तर हो। यसमा धेरै हिसाबले हामी नजिक आएको महसुस मैले गरेको छु र एउटा समान निष्कर्षमा हामी पुग्छौँ भन्ने मलाई लागेको छ।"

संस्थापन पक्ष भने आम निर्वाचनपछि आगामी वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडानमा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले भने निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्।

यही विवादका कारण चालु केन्द्रीय समितिको बैठक पनि सहमति जुटाउनका लागि आइतबारसम्मका लागि स्थगित गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ