कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशन कार्यतालिकामा सहमति खोजिने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
2.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्ने भएको छ। शुक्रबार स्थगित भएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालयमा बस्न लागेको हो।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयमा छलफल केन्द्रित हुने बताइएको छ। यसअघि बसेका बैठकहरूमा महामन्त्री (इतर) पक्ष र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको थियो।
केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिकामा सहमति जुटाउनका लागि दुई महामन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाएका छन्।
पदाधिकारी बैठकमा सहमति नजुट्दा केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएको छ। शीर्ष नेताहरूको आजको छलफलले विवादित विषयमा मध्यमार्गी बाटो पहिल्याउने अपेक्षा गरिएको छ।