arrow

दुर्गा प्रसाईंले गरे एनजीओ र आईएनजीओहरूको भण्डाफोर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
durga-prasain-16-07-082.jpg

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजीओ र आईएनजीओहरूको भण्डाफोर गर्दै आम नेपाली जनतालाई सचेत गराएका छन् ।

उनले विगत तीन वर्षदेखि यस्ता गतिविधि सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईंले उक्त भिडियो सावर्जनिक गरेका हुन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजीओ र आईएनजीओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बिजारोपण गरिरहेको छन् ।

उनले जेन-जी आन्दोलन र अन्य राजनीतिक गतिविधिमा यस किसिमको हस्तक्षेप भएको दाबी गर्दै युवाहरूलाई भ्रमित बनाइएको उल्लेख गरेका छन् ।

उनले डा.गोविन्द केसीको अनशन, विवेकशील पार्टी, उज्ज्वल थापा फाउन्डेशन, एनईडी तथा बारबरा फाउन्डेशनको भूमिका सार्वजनिक गर्दै वर्तमान सरकारमा विदेशी प्रभाव रहेको आरोप लगाएका छन् ।

प्रसाईंले सबै नेपाली नागरिकलाई राष्ट्रियता जोगाउने, देशप्रेम र जागरुकतासँग अगाडि बढ्न अपील गर्दै भनेका छन् ।

यदि यस गिरोहले आत्मसमर्पण नगरेमा आगामी भिडियोमा थप कडा भण्डाफोर हुने र उनले यो अभियानमार्फत नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकारको स्थापना गर्न लक्ष्य राखेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ