arrow

कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी [भिडियो]

महाधिवेशनको समय तत्काल सार्वजनिक गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
congress-talabandi.jpg

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो युवा कार्यकर्ताहरूले तालाबन्दी गरी प्रदर्शन गरेका छन्। उनीहरूले पार्टीको नियमित महाधिवेशनको समय तत्काल सार्वजनिक गर्न माग गरेका हुन्।

युवा कार्यकर्ताहरूले पार्टी अनिर्णयको बन्दी भएको भन्दै छिटो निर्णय लिन दबाब दिएका छन्। उनीहरूको प्रदर्शन मुख्यतया महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता मा केन्द्रित थियो। 

प्रदर्शनकारीहरूले नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग राखेका छन्। उनीहरूले पार्टी नेतृत्वलाई युवाहरूको आवाजलाई नजरअन्दाज नगर्नसमेत चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ