राष्ट्रपति पौडेलको अनुपस्थितिमा उपराष्ट्रपति यादवलाई कार्यभार
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
815
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’ मा सहभागी हुन आज बिहान कतार प्रस्थान गरेपछि, उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिभर राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकेका हुन्।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १७ गतेदेखि २० गतेसम्म सम्मेलनमा सहभागी हुन दोहा प्रस्थान गरेका हुन्।