नेपालसहित विश्वभर सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
812
Shares
काठमाडौँ। सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा आज श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ।
यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्। गुरु नानकले मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिएका थिए।
असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु नानकले दिएको प्रेरणाका कारण उहाँलाई समानता तथा शान्तिको सन्देश वाहकका रूपमा विश्ववासीले सम्मान गर्दै आएका छन्।