arrow

महाधिवेशनबारे कांग्रेसको संस्थापनको भेलामा देउवा र सिटौला पक्षका नेता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
congress-deuba-sitaula-bhela-82-7-20 (11).jpg

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन आज काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरेको छ । 

भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् । आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् ।

विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गरी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा होमिनु पर्ने माग कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागिरहेका बेलामा संस्थापन पक्ष भने जतिसक्यो समय धकेल्न चाहन्छ । 

महामन्त्री गगनकुमार थापालेसमेत फागुनको चुनावअघि नै महाधिवेशन गरेर नयाँ जनादेशअनुसार जानुपर्ने भनी तालिकासहित प्रस्ताव पेश गरिसक्दासमेत पार्टी अलमलमा छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक बीपीनगर सानेपामा चलिरहँदा देउवाले कार्यवाहक सुम्पिएका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सिटौला पक्षका नेताहरु भने नियमित महाधिवेशन भन्दै जतिसक्यो पछाडि महाधिवेशन गर्न लागिपरेका हुन् । 

पछि गर्नुपर्ने कुनै पनि कारण भने दिन सकेका छैनन् । 

अन्य दलहरु नयाँ जनादेशअनुसार जेन–जीको मागलाईसमेत सम्बोधन गरी अगाडि बढ्न खोजिरहँदा कांग्रेस भने विभिन्न बहानामा अल्झेको आरोप छ । 

congress-deuba-sitaula-bhela-82-7-20 (2).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (3).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (4).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (5).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (6).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (7).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (8).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (9).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (10).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (11).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (12).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (13).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (14).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (15).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (16).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (17).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (18).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (19).jpeg
congress-deuba-sitaula-bhela-82-7-20 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ