-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको अवस्था छ।
यसकारण देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
विभागले कोशी र गण्डकी प्रदेशका पहाडी भागमा भने आंशिक बदली रहने अनुमान गरेको छ, तर बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ।
यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले उल्लेख गरेको छ।