महासङ्घले प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिमा “राष्ट्रिय बृहत् आर्थिक बहस” आयोजना गर्दै
रासस,
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
763
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले शनिवार काठमाडौँमा “राष्ट्रिय बृहत् आर्थिक बहस २.० ” कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासङ्घले जनाएको छ।
यस्तै कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैङ्कका गभर्नर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल स्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधिहरू तथा निजी क्षेत्रका संस्थाहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहने छ।
जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न “राष्ट्रिय बृहत् आर्थिक बहस” आयोजना गरिएको महासङ्घले जनाएको छ।
उद्योग वाणिज्य महासङ्घले यस अघि पनि २०८० सालमा राष्ट्रिय बृहत् आर्थिक बहस पहिलो शृङ्खला आयोजना गरेको थियो।