देशभर मौसम मुख्यतया सफा रहने, दुई प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
711
Shares
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।