कांग्रेस सम्पर्क समितिका सभापतिहरूको अपील - नीति र नेतृत्व फेरेर निर्वाचनमा जाऔँ [अपील]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
3.2k
Shares
काठमाडौँ । काठमाडौँमा उपलब्ध सम्पर्क समिति सभापतिले केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाद्वारा प्रस्तुत कार्य तालिकामा १५औँ महाधिवेशन गर्न अपिल गरेका छन्।
विधिवत रुपले विशेष महाधिवेशनको माग दर्ता भइसकेकोले पुस २८ मा विशेष महाधिवेशन बोलाउन अनिवार्य भएकोले विशेष महाधिवेशनलाई ईतिहासमा दर्ज नगर्न अनुरोध गरेका छन्।
चितवन काठमाडौँ सम्पर्क समिति सभापति ऋषिश्वर थपलियाका अनुसार प्राध्यापक, बुद्धिजीवी, किसान, विद्यार्थी सबैसँग अन्तरक्रिया गर्दा महाधिवेशन गरी नीति, नेतृत्व फेरेर कांग्रेसलाई पुनर्जागृत गराई निर्वाचनमा भाग लिन केन्द्रीय कार्यसमितिलाई दबाब दिन माग गरेका छन्।
देशको मियो पार्टी कमजोर हुँदा अराजकताले प्रश्रय पाएको टड्कारो देखिएको उनको भनाइ छ । देशमा शान्ति, सुरक्षा अमनचयन कायम गरी सुशाशन, विकास निर्माणको लागि सत्तामा कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उनीहरू जिकिर छ ।
कांग्रेसले निर्वाचनमा बहुमत प्राप्त गर्न कांग्रेसमा रुपान्तरण पुनर्जागरण, पुनर्गठन हुन आवश्यक भएको भन्दै उनीहरूले ती सबै महाधिवेशनबाट मात्र सम्भव रहेको स्पष्ट पारे । निर्वाचन अगावै महाधिवेशन गर्नुपर्नेमा उनीहरूको जोड छ ।