छैन उल्लेखनीय मौसमी प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
931
Shares
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकाले आज देशका अधिकांश भू-भागमा मौसम सफा रहने भएको छ।
महाशाखाले दिएको जानकारी अनुसार, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ। बाँकी सबै भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
यद्यपि, कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा अथवा हिमपातको सम्भावना भने रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।