काठमाडौँ । बुधबार नेप्से परिसूचक २०दशमलव५६ अंकले घटेर २५४४दशमलव५९ विन्दुमा झरेको छ। यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३दशमलव२१ अंकले बढेर २५६५दशमलव१६ विन्दुमा उक्लिएको थियो ।
यसअघि सोमबारको बजारमा नेप्से परिसूचक ५दशमलव८० अंकले घटेर २५६०दशमलव२९ विन्दुमा झरेको थियो । बुधबार नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ ।
मंगलबारको बजारमा तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएकोमा आज भने कुल ३२१ स्टकको ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६६ हजार ८२४ पटकको कारोबारमा भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स ३दशमलव३३ अंकले घटेको छ । फ्लोट इन्डेक्स १दशमलव३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १दशमलव०९ अंकले घटेको छ ।
यस दिन भुगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भूगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन दरमखोला इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ८दशमलव७२ प्रतिशतले घटेर ५२२दशमलव१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, माबिलुङ इनर्जीको शेयर मूल्य प्रतिकित्ता ८दशमलव२१ प्रतिशतले घटेर ५१६दशमलव२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो ।
यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २दशमलव३५ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम छ ।