arrow

कांग्रेसमा किचलो

महाधिवेशनको मितिमा नेता विभाजित: निर्णयविहीन केन्द्रीय समिति बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
congress-meeting-82-7-13yy (2).jpg

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्दैछ। तिहारअघिबाट सुरु भएको यो बैठक पार्टीको विशेष वा नियमित महाधिवेशन को मिति तय गर्ने विषयमा नेताहरू विभाजित हुँदा अझैसम्म निर्णयविहीन अवस्थामा छ।

केही नेताहरूले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिपयले निर्वाचनपछि मात्रै महाधिवेशन हुनुपर्ने अडान राखेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहेको अवस्थामा पार्टीको कार्यसम्पादन र महत्त्वपूर्ण निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ। बैठकमा नेताहरूले संसद पुनःस्थापना, निर्वाचनमा जानुपर्ने, र महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका फरक-फरक मागहरू राखिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ