arrow

बिहारमा जितपछि प्रधानमन्त्री मोदीले भने – सुशासनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
modi-25-11-14uuu.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको विधानसभा निर्वाचनमा आफ्नो पार्टी र उसका सहयोगीहरूले ‘शानदार’ विजय गरेको भन्दै परिणामका लागि सहयोगी सबैको प्रशंसा गरेका छन् । 

यो पूर्वी राज्यलाई नयाँ दिल्लीको बढ्दो अर्थतन्त्रलाई सबैभन्दा गरिब नागरिकका लागि लाभमा परिणत गर्न मोदीको क्षमताको परीक्षणका रूपमा हेरिएको थियो ।
 
मतगणना अझै जारी छ र अन्तिम नतिजा शनिबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। तर निर्वाचन आयोगले आंशिक परिणाम र प्रक्षेपणहरूले राज्यको विधानसभामा मोदीको भारतीय जनता पार्टी भाजपा र उसका सहयोगीहरूलाई भारी बहुमत दिएको छ । 

प्रधानमन्त्री मोदीले यो जितलाई ‘सुशासनको जित’ भनेका छन् । 
 
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो जनादेशले हामीलाई जनताको सेवा गर्न र बिहारका लागि नयाँ सङ्कल्पका साथ काम गर्न सशक्त बनाउनेछ ।
 
बिहार हिन्दी भाषी उत्तरको एक मात्र राज्य हो, जहाँ भाजपाले कहिल्यै एक्लै शासन गरेको छैन । यसपटक पनि उसले आफैंले बहुमत प्राप्त गर्ने सम्भावना छैन तर गठबन्धन साझेदार जनता दल (युनाइटेड) लाई पनि पछि पार्दै सबैभन्दा ठूलो पार्टीको रूपमा उभिने देखिन्छ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार साना सहयोगीहरूसँग मिलेर उनीहरूले राज्य विधायिकाको २४३ सिटमध्ये कम्तिमा तीन चौथाई सिट प्राप्त गर्ने देखिएको छ। 

विश्लेषकहरूले आगामी वर्ष हुन लागेको अन्य क्षेत्रीय चुनावअघि मोदी र उनको पार्टीलाई बलियो बनाउन सक्ने बताएका छन् ।
 
छिमेकी मुलुक पाकिस्तानसँगको सशस्त्र द्वन्द्व र अमेरिकी करवृद्धिलगायत आर्थिक र विदेश नीतिका चुनौतीहरूको शृङ्खलापछि पनि यसले भारतीय नेतालाई बलियो स्थितिमा उभ्याउने अपेक्षा गरिएको छ।

मोदीले भारतीय जनता पार्टीको मुख्यालयमा शुक्रबार बेलुकी सम्बोधन गर्दै बिहारले आफूलाई पूर्णविश्वास गरेकाले बिहारको आकांक्षा आफ्नो प्रेरणा भएको बताए । 

उनले पाँच वर्षमा बिहारको विकासको कायापलट गर्ने बताए । उनले बिहारका युवालाई बिहारमै उद्योग खोलेर रोजगार दिने बताए । 

बिहारले अब चुनाव हुने राज्यमा पनि ऊर्जा थपेको मोदीले बताए । बिहारले बंगालमा विजयको बाटोसमेत बनाएको बताए । भाजपाले अब पश्चिम बंगालराजलाई पनि खतम गर्ने बताए । 

उनले बिहारका हरेक मतदातालाई धन्यवाद दिए । उनले यो वर्ष बन्दे मातरमको १५० ‍औँ वर्ष भएको भन्दै बन्दे मातरमको नारा लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ