लगातार दोस्रो दिन पनि शेयर बजारमा वृद्धि, नेप्से २५६६ बिन्दुमा पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
848
Shares
काठमाडौँ। साताको दोस्रो कारोबार दिन मङ्गलबार पनि शेयर बजारमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बजार बन्द हुँदा १५.७० अङ्कले बढेर परिसूचक २५६६ बिन्दुमा पुगेको छ, जुन ०.६१ प्रतिशतको वृद्धि हो।
नेप्से दोस्रो दिन पनि बढेसँगै कारोबार रकम पनि बढेको छ। आज दिनभरमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ। बजार बन्द हुँदा २०७ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ र ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
दिनभरमा ३४५ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २ सय ७७ पटक शेयर किनबेच भएको थियो। कारोबारमा आएका १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ। आज लगानीकर्ताको रोजाइमा १.२८ प्रतिशतले बढेको होटल तथा पर्यटन समूह परेको छ।