arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
party-office-congress-nepal.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार आगामी शनिबार १ बजे बस्ने गरी स्थगित भएको हो । बैठक बिहीबार दिउँसो २ बजे बस्ने गरी तय भएको थियो । 

गत असोज २८ बाट शुरू भएको कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशनको मिति तोक्न नसक्दा पटक-पटक स्थगित हुँदै आएको छ । 

विशेषगरि पार्टीको १५औँ महाधिवेशनबारे कांग्रेसभित्र मतभेद छ ।

संस्थापन समूहले आशन्न प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन चाहेका छन् भने इत्तर समूह यही मंसिरमै महाधिवेशन हुनुपर्ने, यदि नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने अडानमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ