arrow

देशभर मौसम सफा, कोशी र गण्डकीमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

महाशाखाले दिएको जानकारी अनुसार, हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी सबै भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति समेत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ