आर्सनलको शीर्ष स्थान मजबुत बन्दै, टोटनह्यममाथि हावी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
779
Shares
तस्बिर – गेट्टि इमेजेज ।
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनलको शीर्ष स्थान मजबुत बन्दै गएको छ । आर्सनलले गएरातिको खेलमा टोटनह्याम हट्सपरमाथि शानदार जित हासिल गरेसँगै शीर्ष स्थानको अन्तर पनि फराकिलो बनाउँदै लगेको हो ।
घरेलु मैदानमा आर्सनल ४–१ ले विजयी भयो । इब्रेजी इजेले ह्याट्रिक गरेको खेलमा लिन्द्रो ट्रोसार्दोले एक गोल गरे । टोटनह्यामका रिचार्लिसनले सान्त्वना गोल गरे ।
गएरातिको अर्को खेलमा लिड्स युनाइटेड घरेलु मैदानमा एस्टनभिल्लासँग २–१ ले पराजित भयो ।
अंक तालिका
१२ औँ चरणको खेलसम्म आर्सनल २९ अंकसहित शीर्ष स्थानमा रहेको छ । चेल्सी २३ अंकबाट दोस्रो तथा म्यानचेस्टर सिटी २२ अंकबाट तेसो स्थानमा छ ।
एस्टन भिल्ला २१ अंकबाट चौथो स्थानमा छ । पाँचौँ क्रिस्टल प्यालेसको २० अंक छ भने ब्राइटन, सन्डरल्याण्ड र एएफसी बर्नमाउथको १९ अंक छ ।
टोटनह्याम हट्सपर, म्यानचेस्टर युनाइटेड र लिभरपुलको १८ अंक छ ।