'पुरानो पार्टीको धङधङीबाट मुक्त हौँ, बा प्रवृत्तिलाई हाबी हुन नदिऊँ' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
890
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।
अखिल नेपाल ट्रेड युनियनले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उनले हालै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताए। उनले 'पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको' वा 'यो संगठन मेरो, अर्को संगठन अरूको' भन्ने मानसिकता र भ्रमबाट मुक्त हुन आग्रह गर्दै अब सबै जनसंगठनहरूलाई एकताद्ध गर्नुपर्नेमा जोड दिए।
उनले इतिहासको चर्चा गर्दा २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखि र २०२८ सालदेखिको झापा विद्रोहको पनि चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई आग्रह गरे। उनले पार्टीमा योगदान पुर्याएका सबै नेताहरूको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिए। नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी ओलीलाई 'बा' भन्ने गरेकोप्रति कटाक्ष गर्दै उनले एउटा मात्रै नेताको चर्चाले पार्टीभित्र 'बा' प्रवृत्ति हावी हुन दिइनु नहुने बताए।
सहसंयोजक नेपालले एकअर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए।