arrow

पार्टीका नेता-कार्यकर्ताका भावनालाई कुल्चेर हिंड्ने अधिकार नेतृत्वलाई छैनः लक्ष्मी पाण्डे 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
laxmi-panday-nc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेतृ एवं गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मी पाण्डेले देशको ठूलो दल नेपाली कांग्रेसले देशलाई नेतृत्व दिनुपर्नेमा अल्मलिएको बताएकी छिन् ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेलालाई संबोधन गर्दै उनले देशभर र गाउँगाउँका कांग्रेसका नेता कार्यकर्ताको भावना महाधिवेशन र पुनर्जागरण भएको स्पष्ट पारिन् । 

यो विशेष भेलाले पार्टी नेतृत्वलाई महाधिवेशन गर्न दवाव पुग्ने उनको विश्वास छ । कांग्रेस महाधिवेशन जेन-जीदेखि ९० वर्षका पुस्ताका नागरिकको चाहना भएको भन्दै उनले यसमा दायाँबायाँ गर्न नहुने बताइन्। 

सबैको भावना अनुसार पार्टीले समयसापेक्ष पाइला चाल्न नसके कांग्रेस निकै पछि पर्ने उनको जिकिर छ । 

चार वर्षमा महाधिवेशन हुने कुरा केही नौलो नभएको भन्दै पाण्डेले नयाँ जनादेशमा जानुको विकल्पै नभएको भन्दै कांग्रेसको नेतृत्व बाहिरका मान्छे आएर नगर्ने भएकाले कोही डराउनु नपर्ने जिकिर गरिन्। 

पार्टीका नेता, कार्यकर्ताका भावनालाई कुल्चेर हिंड्ने अधिकार नेतृत्वलाई नभएको चेतावनी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ