arrow

नियमित वा विशेष जे भए पनि फागुन २१ भित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ : बराल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
kishordatta-baral-nc.jpg

काठमाडौँ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नेपाली कांग्रेस र देशको भविष्य निर्माणका लागि पार्टी महाधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् । 

नेपाली कांग्रेसका विशेष महाविधेशन पक्षधरको विशेष भेलालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । यो भेला व्यक्ति विशेषका लागि नभएको भन्दै उनले कांग्रेसको भविष्य निर्माणका लागि बाटो खोज्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘आज मुलुकको यो अवस्था किन आयो ? निकै महत्वपूर्ण प्रश्नहरू छन् । जेनजी आन्दोलन किन भयो, देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी किन यो अवस्थामा पुग्यो, यति कमजोर किन भयो ? यसको खोजी हामीले गर्नुपर्छ । महाधिवेशन अघि नै यस्ता विषयको खोजी गरेर महाधिवेशनमा जानुको विकल्प छैन ।’

नेपाली कांग्रेस र नेपालको राजनीति पार्टीहरूको सम्बन्ध जनतामा किन जोडिन सकेन भनेर खोजी गर्न आवश्यक रहेको सभापति बरालले बताए । 

नियमित या विशेष महाधिवेशन जे भए पनि गर्नेपर्नेमा बरालले जोड दिए । उनले महावेशन नगरि आगामी निर्वाचनमा गए पार्टीले नराम्रो पराजय भोग्नुपर्ने भन्दै सचेत गराए । उनले भने, ‘सकेसम्म नियमित महाधिवेशन गरौँ । यदि सम्भव नभए विशेष महाधिवेशन गर्ने परिस्थिति आयो भने पनि नेतृत्व तयार रहनुपर्छ ।’

विशेष महाधिवेशन हुँदैमा पार्टी विभाजन हुन्छ भन्ने सोच राख्ने हो भने विधानमा विशेष महाधिवेशनको व्यवस्था किन गरिएको हो भन्दै सभापति बरालले प्रश्न गरे । 

नेपाली राजनीतिलाई देशसँग र जनताका आर्थिक समृद्धिसँग जोड्न सक्नुपर्नेमा जोड दिँदै उनले पार्टीको महाविधेशनबाट नयाँ नीति, नयाँ नेतृत्वका साथ कांग्रेस जनतामा जानुपर्ने बताए ।  

अझै पनि समय बाँकी रहेकाले सकभर नियमित महाधिवेशन गर्नुपर्ने खाँचो औंल्याउँदै उनले पार्टीले तोकेकै समयमा महाधिवेशन गर्नका लागि आफूहरू तयार रहेको स्पष्ट पारे ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ