arrow

चारैतिर लहरा चढ्दा देउवा नेतृत्व मक्किन थालिसक्यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
omkar-shrestha-nc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले विशेष महाधिवेशनले पार्टी संगठनलाई फुटाउने नभई अझ मजबुत बनाउन सहयोग गर्ने बताएका छन् । 

पार्टीको विशेष महाधिवेशन पक्षधरले बुधबार काठमाडौँमा आयोजना गरेको भेलामा उनले यस्तो बताएका हुन् । उनले नेतृत्वले चुनावभन्दा अघि महाधिवेशन गरे पार्टी कमजोर बन्ने तर्क गरिरहेको उल्लेख गर्दै त्यो तर्क तथ्यहीन भएको टिप्पणी गरे।

उनले तत्कालीन पार्टी सभापति सुवर्ण शमशेर राणाको प्रश्तावमा महाधिवेशन भई नेतृत्व हस्तान्तरण भएको इतिहास स्मरण गराउँदै अहिले पनि पार्टीलाई समयसापेक्ष अघि बढाउन नेतृत्व तयार हुनुपर्ने बताए । 

उनले पार्टी सभापति शेरबहादुर देउवाका पहिचान र प्रभाव समेत ‘लहराले छोपिन थालेको’ टिप्पणी गरे । उनले नेतृत्वको अघिपछिको लहरोको कारण देउवाको नेतृत्व मक्किन थालेको टिप्पणी पनि गरे । 

उनले भने, ‘विशेष महाधिवेशनले पार्टी फुटाउँदैन । बरु विशेष महाधिवेशनले पार्टीलाई जुटाउँछ । किनभने समयसापेक्ष देशले नेतृत्व खोज्छ । त्यो नेतृत्व दिनको लागि पार्टी तयार हुनुपर्छ । पहिलो विशेष अधिवेशनमा श्रदेय नेता सुवर्णजी सभापति हुनुहुन्थ्यो । उहाँको आफ्नै प्रश्तावमा विषेश महाधिवेशन भएको थियो र नेतृत्व हस्तान्तरण भएको थियो । जसरी अहिले चुनाव अगाडि महाधिवेशन गराउँदा पार्टी कमजोर हुन्छ भन्ने कुरा आएको छ । जब कुनै घटना नै हुदैन भने मनमुटाव कहाँ हुन्छ । कि त अहिले नै मनमुटाव छ भनेर भन्नुपर्यो । अहिले मनमुटाव छैन भने त्यो बेलामा कुनै घटना हुँदै हुदैन । विचरा शेरबहाुदरजीको पनि दुर्दशा, विचरा सोझो छ । इमान पनि छ , धेरै दुःख गरेका मान्छे पनि हुन् । योगदान पनि गरेका मान्छे हुन् । तर हुँदा हुँदा अहिले त कस्तो भयो भने शेरबहादुरजी जसरी उभिनुभएको छ । मक्किन थालिसक्यो । लहराहरु चारैतिरबाट चढेको छ । लहराले बिरुवा छोपिसक्यो । शेरबहादुरजी देखिन पनि छोडिसक्नुभयो । कतै विशेष महाधिवेशन भन्नेलाई नक्कली पनि भनेका छन् । भित्र शेरबहादुरजी हलचल नगरिकन बस्नुभएको छ । त्यो लहरालाई के डर छ भने रुख भाँचियो भने आफू भूइँमा पछारिन्छु भन्ने डर छ ।’

उनले पार्टीका केही नेताहरुले विशेष महाधिवेशन प्रतिनिधिका हस्ताक्षरलाई नक्कली भन्ने गरेकोप्रति आपत्ति जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ