arrow

पहाडी भू-भागमा आंशिक बदली, बाँकी क्षेत्र सफा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

राती कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ