arrow

भेपमार्फत सुन तस्करी

२० लाख धरौटीमा रिहा भए पूर्वसभामुख महरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
mahara-court.jpg

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो। उनीविरुद्ध भेपमार्फत सुन तस्करी गरेको आरोप लागेको थियो।

उच्च अदालत पाटनले आज गरेको आदेशमा भनिएको छ: "तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ