नेपालमा चक्रवात 'दित्वा' को आंशिक प्रभाव: यी प्रदेशमा बदली
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
917
Shares
काठमाडौँ। हाल दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव नेपालमा पनि परेको छ।
जसका कारण देशका उच्च पहाडी तथा हिमाली भूभागका साथै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
रातिको समयमा भने कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।