देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी र हिमाली भागमा बदली
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
679
Shares
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कोशी, मधेस र बागमती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो र आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ।