arrow

कांग्रेसको महाधिवेशन कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधर असन्तुष्ट [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
bises-pakchyadhar.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टीले हालै घोषणा गरेको १५औँ महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरूले बिहीबार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन नहुने प्रतिक्रिया दिएका हुन्।

नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका षड्यन्त्रमूलक ढंगले आएको र यो कार्यान्वयन नहुने भएकाले आफूहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने बताएका छन्। उनले भने, “षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ। यो कार्यतालिका कहीँ पनि प्रभावित भयो... भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ।”

यसैगरी, कांग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरूको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाएका छन्। 

उनले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरूले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताए।

सभापति श्रेष्ठले वडा अधिवेशनबाट प्रतिनिधि चुनिएर आएपछि विशेष महाधिवेशनको माग तुहिने भएकाले पहिले 'नियमित महाधिवेशन' भन्ने कुरालाई अँगालेर विशेष महाधिवेशन पक्षहरूले आफैँले गल्ती गरेको समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ