arrow

बालुवाटारमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
sarbadaliya-meeting-balwatar.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ।

सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी बारे छलफल भइरहेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठकमा निर्वाचनबारे जानकारी गराएका छन्।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख/पदाधिकारीहरू, निर्वाचन आयोगका पदाधिकारी, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरूको उपस्थिति रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ