नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा आंशिक बदली
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
668
Shares
काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यस प्रभावका कारण हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छाएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ।
त्यसैगरी, आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।