arrow

फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
chiribabu-maharjan-02-09-082.jpg

काठमाडौँ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेन-जीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।

बुधबार ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनै पनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । जेनजीले यो चुनाव गर्न दिदैनौँ भन्ने काम गर्न हुँदैन । जेनजीहरू साना भाइबहिनीहरू छन् बुद्धि पलाएको छैन, पलाओस् । आफ्नो आमाले गर्न लागेको सफल काममा सहयोग गर्नैपर्छ ।’

उनले ललितपुर महानगरपालिकामा अहिलेसम्मको इतिहासमा नै अहिलेको जस्तो जनप्रतिनिधिहरूको मिलाप कहिलेपनि नरहेको बताए ।

जनप्रतिनिधिहरुको मिलापले नै महानगरपालिकामा प्रत्येक दिन नयाँ काम भइरहेको धारणा राखे ।

‘जनप्रतिनिधिको मिलाप कहिले पनि थिएन । जनप्रतिनिधि र कर्मचारीहरूबीचको मित्रताको जुन फ्यूजन छ त्यसको कारण महानरगपालिकाले प्रत्येक दिन नयाँ काम गर्न सफल भएको छ,’ उनले भने ।

मेयर महर्जनले ललितपुर महानगरपालिकामा भएका सबै नयाँ कामहरू अरुले पनि अनुशरण गर्न मिल्ने काम रहेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ