पत्थरीको अप्रेसन गर्दा गोर्खा अस्पतालमा महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
667
Shares
तस्बिर : फाइल
तुलसीपुर । दाङमा पित्तथैलीमा पत्थरी भएकी एक जना महिलाको दुरबिन बिधिबाट अप्रेसन गर्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीको गोर्खा अस्पतालमा बङ्गलाचुली ३ की ६५ वर्षीया थमकला डागिको पित्तथैलीमा परेको पत्थरीको अप्रेसन गर्दा मृत्यु भएको हो ।
प्रहरीले गोर्खा अस्पतालमा अप्रेसन भएको र मंगलबार बिहानै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा ल्याएको केही घण्टामै बिरामीको मृत्यु भएको थियो ।
बिरामीको आफन्त जम्मा भएर गोर्खा अस्पताल बिहानैदेखि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै छानबिन गर्न दबाब दिएका थिए ।
बिरामीका आफन्त र गोर्खा अस्पतालबीच वार्ता भएको र पीडितसँग सहमतिबारे अस्पतालले खुलाउन चाहेको छैन। गोर्खा अस्पतालमा सर्जन डा. रबि आचार्यको टिमले सर्जरी गर्दै आइरहेको छ ।